विदेश

उत्तर कोरियाले सार्वजनिक गर्यो अमेरिका ध्वस्त पारेको भिडियो (भिडियोसहित)

उत्तर कोरियाले सार्वजनिक गर्यो अमेरिका ध्वस्त पारेको भिडियो (भिडियोसहित)

वैशाख ८ । उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ ।

सिरियामा मिसाइल आक्रमण तथा अमेरिकामा आफ्नो सबैभन्दा ठूलो गैरपरमाणु बम खसाएपछि अमेरिकाले उत्तर कोरियालाई चेतावनी दिइरहेको छ । अमेरिकी चेतावनीविरुद्ध उत्तरले स्पष्ट शब्दमा भनेको छ, ‘अमेरिकी आक्रमण भए उविरुद्ध परमाणु हमला गरिनेछ ।’

भिडियोमा उत्तर कोरियाले अमेरिकी सहरमा परमाणु बम खसालेको दृश्य छ । परमाणु बमले अमेरिकी सहर संरचनामा आगोको लप्कामा परिणत भएको दृश्य देखाइएको छ । भिडियोलाई वास्तविक मान्नेहरु बढी बैचयन भएका हुन् । घटनालाई अमेरिकाले उत्तर कोरियाको प्रोपोगान्डा भएको उल्लेख गरेको छ ।

भिडियोको दृश्यमा सबैभन्दा पहिला एक कार्यक्रममा उत्तर कोरियाका तानाशाह किम जोङ उनको स्वागत गरेको देखाइन्छ । अर्को दृश्यमा उत्तर कोरियाको तर्फबाट अन्तरमहाद्विपीय ब्यालेष्टिक मिसाइलले अमेरिकाको शहरमा परमाणु बम खसाल्छ । बमले अमेरिकी सहरलाई आगोको लप्कामा परिणत गर्दिन्छ ।

भिडियोमा अमेरिकी झन्डा पनि जलेको देखाइएको छ । त्यसपछि उत्तरकोरियाली तानाशाह किम तथा सेनाका अधिकारी ताली बजाएर खुशी मनाउँछन् । उत्तर कोरियाली सैनिकले ब्यान्ड बजाउँछ ।

north Korea

विशेष