आतंककारीको निशानामा भारतीय प्रधानमन्त्री मोदी र योगी आदित्यनाथ

वैशाख ८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आतंकवादीको निशानामा रहेको भारतीय गुप्तचर संस्थाले जनाएका छन् ।
करिब एक दर्जनको संख्यामा आतंकवादीहरु उत्तर प्रदेश प्रवेश गरिसकेको सूचना प्राप्त भएको पनि गुप्तचरहरुको भनाइ छ । गुप्तचर विभागसहितका निकायले पाएको जानकारी लखनउ प्रहरी मुख्यालयमा पठाइसकिएको पनि भारतीय संचारमाध्यमहरुले गुप्तचर स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।
लन्डनमा रहेका केही कश्मिरी आतंकवादीले यस्तो षड्यन्त्र रचेको बताइएको छ । उनीहरुले कश्मिरकै युवालाई उत्तर प्रदेशमा परिचालन गरेको पनि भारतीय संचारमाध्यमले गुप्तचर निकायलाई उद्धृत गर्दै जनाएका छन् ।
Narendra modi
