विदेश

राष्ट्रपति निर्वाचन पहिल्यै पेरिस हमला, आईएसले लियो जिम्मा

राष्ट्रपति निर्वाचन पहिल्यै पेरिस हमला, आईएसले लियो जिम्मा

वैशाख – ८ । फ्रान्सको राजधानी पेरिसमा भएको गोलाबारीको जिम्मा इस्लामिक स्टेटले लिएको छ । प्रान्समा चलिरकेको राष्ट्रपतिय निर्वाचनको पहिलो चरणको अघिल्लो दिन सो हमाला भएको थियो । उक्त घटनामा एक प्रहरीको ज्याने गएको छ । प्रहरीको जवाफी कारवाहीमा हमलाकारी पनि मारिएको पेरिसले प्रहरीले जनाएको छ । फ्रान्सका राष्ट्रपति प्रान्सुआन् ओलान्दले यो घटना आतंकवादसँग जोडिएको बताएका छन् । यही घटनालाई लिएर उनले शुक्रबार क्याबिनेटको बैक बोलाएका छन् । पेरिस प्रहरीका अनुसार बन्दूकधारीको पहिचान भइसकेको छ । अनुसन्धान र प्रहरी कारवाही जारी रहेकाले बन्दूकधारीको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । प्रहरीका एक अधिकारीका अनुसार उत्तर पेरिसमा बन्दूकधारीको घरको तलासी लिने काम भइरहेको छ । प्रहरीले हमलाकारीलाई सहयोग गर्ने कोही थियो कि थिएन भन्ने अनुसन्धान गरिरहेको छ । तर, आइएसले हमलाकारीको पहिचान अबू यूसुफ अल बलजिकीको रुपमा दिएको छ । आइएस समर्थक एक समाचार एजेन्सी अमाकले आफ्नो वेबसाइटमा उक्त गुटको एक लेख छापेको छ । उक्त गुटले उक्त घटना आफ्नो व्यक्ति गराएको दाबी गरिएको छ । उक्त घटनापछि पेरिसस्थित साँ एलीजो क्षेत्रलाई प्ररीले सिल गरिदिएको छ । यो क्षेत्र पर्यटकका लागि निकै प्रसिद्ध मानिन्छ । यहाँ हजारौँको संख्यामा पर्यटक आउने गर्दथे ।

Paris

विशेष