News

सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण गर्न प्रमुख निर्वाचन आयुक्तकाे अाग्रह 

सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण गर्न प्रमुख निर्वाचन आयुक्तकाे अाग्रह 
वैशाख - ८ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित भइ पहरेदारको जिम्मेवारी सम्हाल्न सञ्चारमध्यमलाई आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले शुक्रबार आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सन्तुलित समाचार सम्प्रेषण र समाचारको महत्व’ विषयक कार्यशालामा सहभागी पत्रकारसँग उनले उक्त आग्रह गरेका हुन्। प्रमुख आयुक्त डा यादवले भने 'सञ्चारमध्यमले पस्किएका सामग्रीबाट आचारसंहिता उल्लङ्घन भई हालसम्म आयोगले कुनै हैरानी व्यहोर्नु परेको छैन, देश निर्वाचनमय भएको छ, यो वातावरण बनाउन सञ्चारमध्यमले निर्वाह गरेको भूमिका निकै प्रशंसनीय छ।' नेपालको संविधानअनुरुप स्थानीय तहमा लैङ्गिक समानताका हिसाबले ऐतिहासिकरुपमा रहने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मिति निकै नजिक आइरहेको अवस्थामा सञ्चारमध्यमबाट सत्यतथ्यमा आधारित सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण हुनुपर्दछ भन्दै उनले निर्वाचनको व्यवस्थापकीय दृष्टिकोणबाट आयोग निकै अघि बढिसकेको बताए। निर्वाचनको सरगर्मी सकारात्मक हिसाबले गाउँ टोलमा तीव्ररुपमा अघि बढिरहेको, वातावरण थप अनुकूल बन्दै गएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको महाअभियानमा मिडियाजगत्ले मतदातालाई साथमै लिएर अघि बढिरहेको आफूले अनूभूत गरेको बताए। केन्द्रीय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरन्जीवी खनालले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषणमा सञ्चारकर्मीले निष्पक्षतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए। नेपालस्थित जाइकाका प्रतिनिधि जुन साकुमाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आम सञ्चारमाध्यमको भूमिका निकै महत्वपूर्ण रहने बताए। नेपालका सञ्चारगृह र सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा जाइकाले निरन्तर सहयोग पु¥याउँदै आएको बताउँदै उनले निर्वाचन आयोगलाई पनि भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने वचन दिए। जापानको सार्वजनिक प्रसारण संस्थाका महासचिव तोसियुकी सातोले निर्वाचनको समयमा सञ्चारमाध्यमले सन्तुलन कामय गर्ने कुरालाई विशेष ख्याल गर्न आवश्यक रहेको बताए। जापानी प्रसारण संस्था एनएचके इन्टरनेसनलका अध्यक्षमा कोटो हाराडाले ‘चुनावी समाचार सन्तुलनः र निष्पक्षता जापानी अनुभव’ विषयक कार्यपत्र प्रस्तुत गर्दै स्वच्छ र स्वतन्त्र निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका बारे चर्चा गरे ।

डा अयोधीप्रसाद यादव

विशेष