News

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै, आधा घण्टा विमानस्थल अवरुद्ध हुने

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै, आधा घण्टा विमानस्थल अवरुद्ध हुने
वैशाख – ८ । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमण सकी आज स्वदेश फर्किदै छिन् । राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निम्तोमा गत सोमबार भारत भ्रमणमा गएकी हुन् । राष्ट्रपति नेपाल वायुसेवा निगमको बिमानबाट शुक्रबार साँझ साढे सात बजे नेपाल आइपुग्ने तालिका रहेको छ । राष्ट्रपति स्वदेश फिर्कदा करिव आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साँझ सवा सात बजेबाट पौन आठ बजेसम्म विमानस्थल अवरुद्ध हुने छ । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीलाई भारतमा राजकीय सम्मान गरिएको थियो । उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । राष्ट्रपति भण्डारीले झण्डै ५० जना प्रतिनिधिमण्डको नेतृत्व गर्दै सोमबार विहान भारत प्रस्थान गरेकी थिइन् । उनले पहिलो पटक भारतको राजकीय भ्रमण गरेकी हुने । राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणमा जाँदा र आउँदा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको निर्णयप्रति चोतर्फि आलोचना भएपछि राष्ट्रपति स्वदेश फर्किदा दिने भनिएको विदा रद्ध गरेको थियो ।

विद्यादेवी भण्डारी

विशेष