विदेश

किसानको प्रदर्शनमा तिब्र गतिको ट्रक घुस्दा २० मृत्यु

किसानको प्रदर्शनमा तिब्र गतिको ट्रक घुस्दा २० मृत्यु

वैशाख – ८ । भारतको आन्ध्र प्रदेशमा आन्दोलनरत किसानको बीचमा ट्रक घुस्दा २० जनो ज्यान गएको छ । शुक्रबार आन्ध्र प्रदेशको चित्तूर जिल्लास्थि येरपेडु प्रहरी कार्यालय अगाडि भएको सो घटनामा कयाैँ किसान घाइते भएका छन् । किसानको एक समूहले आन्दोलन गरिरहेको क्षेत्रमा तिब्र गतिमा आएको ट्रक छिरेको आन्ध्र प्रदेशको प्रहरीले जनाएको छ । सो क्षेत्रमा बालुवा तस्किरीलाई रोक्नु पर्ने माग राख्दै मंगलपालेम गाउँका किसानले प्रदर्शन गरिरहेका थिए । तिब्र गतिमा आएको ट्रकले एउटा कारलाई ठकिएदिएपछि बिजुलीको खम्बामा ठक्कर खाँदै आन्दोलनरत किसाको भीडतफ घुसेको एक प्रत्यक्षदेर्शीले बताए । घटना स्थलमै मारिएका अधिकांस किसान रहेको बताएको छ । कालाहस्तीबाट तिरुपति गइरहेको ट्रकको ड्राइभरले गाडीलाई नियन्त्रण राख्न नसक्दा यो घटना घटेको प्रहरीले जनाएको छ । तर, स्थानीयले यो घटना जानीबुझी घटाइएको बताएका छन् । चित्तूर प्रहरी कार्यालयका प्रमुख जी श्रीनिवासले सो घटनाको अनुसन्धानको आदेश दिइसकेको बताएका छन् । मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले दुःख प्रकट गर्दै सो घटनामा मारिएका व्यक्तिका परिवारलाई पाँचपाँच लाख दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

Accident

विशेष