News

मधेशी मोर्चासँगको बैठक फेरि सुरु, आजै सहमतिको प्रयास

मधेशी मोर्चासँगको बैठक फेरि सुरु, आजै सहमतिको प्रयास
वैशाख – ८ । मधेश केन्द्रित दल र सरकारबी फेरि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मधेश केन्द्रीत दल र सत्तारुढ दलबीच छलफल सुरु भएको हो । मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाउँ दिए पछि सत्तारूण दलसँग फेरि वार्ता थालेका छन् । शुक्रबार विहान भएको छलफलका क्रममा मोर्चाले संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनमा सहभागी हुने जनाउ दिएको थियो । मोर्चाले निर्वाचनमा जाने जनाउ दिएसँगै सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र तथा राप्रपा नेपालका शीर्ष नेताहरू राखेर प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णायक वार्ता थालेका छन् । मोर्चासँग बैठक बस्नुअघि सत्तारूढ दलका प्रमुख दल कांग्रेस, एमाले र राप्रपाका शीर्ष नेता बसेर आफ्नो एजेन्डा तय गरेको थिए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी छन्।

baithak Madheshi Morcha

विशेष