News

सरकार र मोर्चा सहमतिको नजिक, शनिबारकाे बैठकले ठाेस निर्णय गर्ने

सरकार र मोर्चा सहमतिको नजिक, शनिबारकाे बैठकले ठाेस निर्णय गर्ने

वैशाख – ८ । सत्तारुढ दल र मधेशी मोर्चाबीच संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन बारे सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आवह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भएको छलफलका क्रममा मोर्चा र सत्तारुढ दल सहमतीको नजिक पुगेका हुन् । शुक्रबारको बैठकमा सरकारले माेर्चासँग संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव र बैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा छलफल गरेकाे थियाे । सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर शनिबार दिउँसो २ बजे बस्ने बैठकमा सहमति जुटाउने सत्तारुढ दल र मोर्चाका नेताहरुले बताएका छन् । बैठकमा सत्तारुढ दलका नेताहरु संविधान संशोधन प्रस्तावलाई थप परिमार्जन गर्न सकारात्मक भएको र मोर्चाका नेताहरु सकारात्मक वातावरण बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएका छन् । बैठक निकै सकारात्मक भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका शीर्ष नेताहरु सहभागी थिए ।

baithak

विशेष