News

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
वैशाख ८ । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गरिएको थियो । सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिसँगै भ्रमण दलका सदस्य शान्तिमन्त्री सीतादेवी यादवलगायत पनि स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत सो भ्रमणअन्तर्गत नयाँ दिल्लीका महत्वपूर्ण भ्रमणपछि नेपाल फर्किएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख ३ गते त्यसतर्फ गएकी थिइन् ।

bidhya devi bhandari

विशेष