कागबेनीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

वैशाख – ९ । मुक्तिनाथकाे दर्शन गरेर फर्किदै गरेको बस कागबेनीमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । सो दुर्घटनामा १९ जना घाइते भएका छन् ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घाइतेको जनस्वास्थ्य कार्यालय जोमसोम उपचार भइरहेको छ ।
शनिबार अपरान्ह ना ५ ख ६०६७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ३६ जना यात्रु रहेको बताइएको छ । पहाडी र घुमाउरो बाटोमा गाडी अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
road accident