News

सरकार मोर्चा बैठक सुरु

सरकार मोर्चा बैठक सुरु
वैशाख – ९ । सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र मधेश केन्द्रीत दलका शीर्ष नेताको सहभागी छन् । शुक्रबार पटक पटक बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि आज (शनिबार) पुनः बस्न लागेको हो । शुक्रबारको बैठकमा मधेसी मोर्चाका नेताले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित हुने सुनिश्चितता भए चुनावमा सहभागी हुने संकेत दिएका थिए । आजको बैठकले मधेसी मोर्चा चुनावमा जाने कि नजाने ठुंगो लाग्ने बताइएको छ । मधेसी मोर्चाले भाषा, नागरिकता, संघीय सिमांकनका विषयमा संशोधन हुनु पर्ने अडान राख्दे आएको छ ।

विशेष