Breaking News News

मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा पाँचको मृत्यु, १२ गम्भीर

मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा पाँचको मृत्यु, १२ गम्भीर
वैशाख – ९ । मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरेर सदरमुकाम जोमसोम फर्किदै गरेको तिर्थयात्री सवार बस कागबेनीमा दुर्घना हुँदा ५ जनाको ज्यान गएको छ । सो दुर्घटनामा ३० जना घाइते भएका छन् । सो दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने दुईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृतक अहिलेसम्म सनाखत हुन सकेको छैन । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । गम्भीर १२ जना घाइतेलाई सेनाको हेलिकप्टरबाट पोखरा लगिएको छ । अन्य घाइतेको जनस्वास्थ्य कार्यालय जोमसोम उपचार भइरहेको छ । शनिबार अपरान्ह ना ५ ख ६०६७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ३६ जना यात्रु रहेको बताइएको छ । पहाडी र घुमाउरो बाटोमा गाडी अनियन्त्रित भई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट रिजर्भ गरेर मुक्तिनाथ दर्शनका लागि तीर्थयात्री बोकेर बस मुस्ताङ गएको थियो ।

विशेष