News

तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त यादवकाे दाबी

तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त यादवकाे दाबी
वैशाख - ९ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा प्रमुख आयुक्त डा यादवले आगामी ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरेका हुन्। ‘वैशाख ३१ गते निर्वाचन हुन्छ, अब यो मिति सर्दैन्, आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन,' उनले भने । उनले आयोगले ३१ गतेको निर्वाचनको लागि आवश्यक सबै सामाग्रीहरु जुटाईसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै संभावना नरहेको बताए । उनले भने ‘निर्वाचनको सुनिश्चितता भैसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर रु, त्यसैले अब ३१ गतेको निर्वाचन सर्दैन्, मिति फेरबदल हुँदैन् ।’ यद्धपी उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए । यादवले भने, ‘कुनै ठाउँमा निर्वाचन सार्नुपर्ने भएपनि सरकारले निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्छ, सारे पनि कति दिन सार्ने हो रु समयावधि कति हो रु कुन कुन विषयलाई लिएर सार्ने हो रु यस्तो विचारनीय कुरा आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’ निर्वाचनको लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी र सुरक्षा सामाग्री लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित स्थानमा पुर्याउन आजैबाट ढुवानीको काम सुरु भएको जानकारी दिँदै यादवले भने, ‘११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुन्छ ।’ निर्वाचन आयोगको कामकारवाही देखेर निर्वाचनको सुनिश्चितता भएको भन्दै संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधिहरुले पनि नेपालको डेमोक्रेसी ईन अपरेसन भनेर प्रशंसा गरेको उनको भनाई थियो । निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्नको लागि आयोगले ज्यादै मेहनतका साथ काम गरिरहेको जानकारी दिँदै यादवले भने, ‘हरेक बिहान नयाँ समस्याहरु आउँछन्, जुनसुकै समस्या आएपनि त्यसलाई समाधान गर्ने क्षमता आयोगसँग छ ।’ उनले आयोगले गर्नुपर्ने कामहरुमा केही समस्या आए समाधान गर्न आयोग तयार र सक्षम रहेको दाबी गरे । दलहरुबिच अहिलेसम्म पूर्ण रुपमा सहमति भैनसके पनि पछिल्ला दिनहरुमा सहमतिको लागि घनिभुत रुपमा छलफल हुुनु सकारात्मक भएको उल्लेख गर्दै दलहरुबिच सहमति होस् भनेर आफूहरुले आशा लिएको यादवको भनाई थियो ।

प्रमुख निर्वाचन आयुक्त

विशेष