News

मुक्तिनाथ दुर्घटनाः मृतक पाँचै जनाकाे सनाखत

मुक्तिनाथ दुर्घटनाः मृतक पाँचै जनाकाे सनाखत
वैशाख – ९ । मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरेर सदरमुकाम जोमसोम फर्किदै गरेको तिर्थयात्री सवार बस दुर्घटनामा परेका छ । सो बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिकाका २ इमाडोलका ५५ वर्षीय लिला खड्का, महालक्ष्मी नगरपालिका ८ की ३५ वर्षीया सीता तिमिल्सिना, काठमाडौं महानगरपालिका ३५ का ५५ वर्षीय भोला अधिकारी, काठमाडौं महानगरपालिका ३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल, र काठमाडौं महानगरपालिका ३ का ७० वर्षीया कान्छी खड्काको मृत्यु भएको हो । सो दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने दुईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई सेनाको हेलिकप्टरबाट पोखरा पूर्याइएको छ । अन्य घाइतेको जनस्वास्थ्य कार्यालय जोमसोम उपचार भइरहेको छ । शनिबार अपरान्ह ना ५ ख ६०६७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ३६ जना यात्रु रहेको बताइएको छ । पहाडी र घुमाउरो बाटोमा गाडी अनियन्त्रित भई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट रिजर्भ गरेर मुक्तिनाथ दर्शनका लागि तीर्थयात्री बोकेर बस मुस्ताङ गएको थियो ।

विशेष