विदेश

सोमालियामा ५२ जना लडाकु मारिए

सोमालियामा ५२ जना लडाकु मारिए
वैशाख - ९  । अफ्रिकी सङ्घको शान्ति मिसनको सदस्य रहेको केन्याली सैनीकहरुले दक्षिणी सोमालियामा गरेको सुरक्षा कारबाहीमा परी अल शबाब आवद्ध ५२ जना लडाकुहरुको मृत्यु भएको छ । केन्याली सुरक्षा फौजका प्रवक्ता जोसेफ ओउथले सुरक्षाकर्मीहरुले अल शबाब आतङ्ककारीका शिविरहरु भत्काइदिएका छन् । घटनास्थल तल्लो जाबादेखि झन्डै नौ किलोमिटर उत्तरतर्फ पर्दछ । कारबाहीका क्रममा एक के ४७ राइफल, बन्दुकलगायतका विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु नियन्त्रणमा लिई उनले बताए ।सिन्ह्वा

विशेष