विदेश

भेनेजुयलामा प्रदर्शनका क्रममा १५ जनाको मृत्यु

भेनेजुयलामा प्रदर्शनका क्रममा १५ जनाको मृत्यु
वैशाख - ९ । भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टी गरेका छन् । शुक्रबार जारी गरिएको विज्ञप्तीमा आन्दोलनका क्रममा भएको हिंसामा परी बिहीबार राति र शुक्रबार विहान ११ जनाको काराकासमा मृत्यु भएको जनाइएको छ । अर्का एक जनाको भने मिरन्डा प्रदेशको पेटरेमा मृत्यु भएको बताइएको छ । गत अप्रिल १९ देखि यता यसअघि आन्दोलन र प्रदर्शनकै क्रममा तीन जनाको मृत्यु भएको थियो । आन्दोलनमा भएका झडपमा परी अहिलेसम्म ६८ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । मृत्यु भएका घटनाको अध्ययन अनुसन्धान गर्नका लागि पाँच सदस्यीय टोली खटाइएको पनि उनीहरुले जानकारी दिएका छन् । भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोले मुलुकलाई आर्थिक र राजनीतिक सङ्कटमा पारेको भन्दै विपक्षीले उनका विरुद्धमा प्रदर्शन गरिरहेका छन् । उपराष्ट्रपति तारेक इल एैसामीले हिंसा र प्रदर्शनलाई रोक्ने प्रयास विभिन्न तरिकाबाट भइरहेको शुक्रबार पत्रकारहरुलाई जानकारी दिए ।

विशेष