Breaking News News

सरकार र मोर्चाबीच सहमति, स्थानीय तहको निर्वाचन दुई चरण

सरकार र मोर्चाबीच सहमति, स्थानीय तहको निर्वाचन दुई चरण
वैशाख ९ । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा सत्तारुढ दल र आन्दोलनरत मधेश केन्द्रीत दलबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नेलगायत तीन बुँदे सहमति भएको हो । तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रस्ताव परिमार्जन सहित अगाडि बढाउने, दुई चरणमा चुनाव गर्ने, आइतबार मन्त्रिपरिषद्को बैठक बसि यससम्बन्धमा निर्णय गर्ने रहेको छ । साथै बैशाख ३१ गेत पहिलो चरणको चुनाव गर्ने र अर्को चरणको चुनावका लागि निर्वाचन आयोगसँग छलफल गरि मिति तय गर्ने सहमति भएको भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले बताए । मन्त्री लेखकले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएको जानकारी दिए । दुई चरणको निर्वाचनका लागि सरकारले निर्वाचन आयोगसँग परामर्श गर्ने समेत उनले जानकारी दिए । शनिबार दिउँसो तीन बजेबाट निवास बालुवाटारमा सत्तारुढ दल र मधेश केन्द्रीत दलका शीर्षबीच सहमतिका लागि छलफल भएको थियो । शुक्रबार पटक पटक बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारका लागि पुनः बैठकको आह्वान गरेका थिए । शुक्रबारको बैठकमा मधेसी मोर्चाका नेताले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित हुने सुनिश्चितता भए चुनावमा सहभागी हुने संकेत दिएका थिए । मधेसी मोर्चाले भाषा, नागरिकता, संघीय सिमांकनका विषयमा संशोधन हुनु पर्ने अडान राख्दे आएकाे छ ।

स्थानीय तहको निर्वाचन

विशेष