Breaking News News

पहिलो चरणकाे निर्वाचन ३ वटा प्रदेशमा मात्रै, प्रदेश नम्बर १, २, ५ र ७ काे निर्वाचन जेठ ३१

पहिलो चरणकाे निर्वाचन ३ वटा प्रदेशमा मात्रै, प्रदेश नम्बर १, २, ५ र ७ काे निर्वाचन जेठ ३१

वैशाख ९ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ गते हुने भएको छ । शनिबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र आन्दोलनरत मधेश केन्द्रीत दलबीचको पाँच घण्टा लामो छलफलमा दुईचरणमा निर्वाचन गर्नेलगायत तीन बुँदे सहमति भएको हो । तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रस्ताव परिमार्जन सहित अगाडि बढाउने, दुई चरणमा चुनाव गर्ने, आइतबार मन्त्रिपरिषद्को बैठक बसि यससम्बन्धमा निर्णय गर्ने रहेको छ । साथै बैशाख ३१ गेत पहिलो चरणको चुनाव गर्ने र अर्को चरणको चुनावका लागि निर्वाचन आयोगसँग छलफल गरि मिति तय गर्ने सहमति भएको भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले बताए । तर, राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने बताएका छन् । नेता कर्णका अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते अर्थात दोस्रो चरणमा निर्वाचन हुने छ भने अन्य प्रदेशमा तोकिएकै समयमा निर्वाच हुने छ । पहिलाे चरणकाे निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ मा हुने छ । शनिबार दिउँसो तीन बजेबाट निवास बालुवाटारमा सत्तारुढ दल र मधेश केन्द्रीत दलका शीर्षबीच सहमतिका लागि छलफल भएको थियो । शुक्रबार पटक पटक बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारका लागि पुनः बैठकको आह्वान गरेका थिए ।

विशेष