News समाज

कक्षा १२ को परिक्षा सुरु, ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी

कक्षा १२ को परिक्षा सुरु, ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी

वैशाख १० । कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आजबाट शुरु भएको छ ।

पहिलो दिन आज विहान ७ बजे देखि अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो । परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी छन् ।

सरकारले कक्षा दशको अन्तिम परीक्षालाई यसै वर्षदेखि माध्यमिक शिक्षा परीक्षा एसइइ नामाकरण गरेको थियो । यस्तै कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षालाई एसएलसीइ नामाकरण गरिएको छ । परीक्षा २२ गतेसम्म चल्नेछ ।

Parixa board

विशेष