News

ठूलो दुर्घटनाबाट जोगियो सिता एयरको विमान, भित्तामा ठोकियो

ठूलो दुर्घटनाबाट जोगियो सिता एयरको विमान, भित्तामा ठोकियो

वैशाख १०। सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

आइतबार बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । तीमध्ये १२ विदेशी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

Sita Air

विशेष