विदेश

प्रान्सः नयाँ राष्ट्रपतिकाे लागि मतदान सुरू

प्रान्सः नयाँ राष्ट्रपतिकाे लागि मतदान सुरू
वैशाख - १० । फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान सुरु भएको छ। अहिले प्रतिश्पर्धामा रहेका ११ जना उम्मेद्वारहरु मध्ये बढी मत ल्याउने २ जनाका बीचमा दोस्रो चरणको प्रतिस्पर्धा हुने छ। कसैले पनि स्पष्ट बहुमत ल्याउने नदेखिएकाले दोस्रो चरणको मतदान मे ७ तारिखका दिन गर्ने यसअघि नै तय भइसकेको छ। विभिन्न सर्वेक्षणहरुले न्यासनल फ्रन्टकी नेतृ मारिने ले पेन र अर्का उम्मेदबार इमानुएल माक्रोनकाबीच प्रतिस्पर्धा हुने देखाएका छन्।स्थानीय समय अनुसार विहान ८ बजे देखि बेलुका ८ बजे सम्म मतदानका लागि समय निर्धारण गरिएको छ। झण्डै ४ करोड ७० लाख नागरिकले मतदान गर्ने जनाइएको छ। निर्वाचनका लागि सबैतिर सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले बताएका छन्। मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७ हजार सैनिक परिचालन गरिएको जनाइएको छ। एएफपी

विशेष