विदेश

मारुती कार शोरुमा आगलागी हुँदा दुई सुरुक्षा गार्डको मृत्यु, १५ कार जलेर नष्ट

मारुती कार शोरुमा आगलागी हुँदा दुई सुरुक्षा गार्डको मृत्यु, १५ कार जलेर नष्ट
वैशाख – १० । भारतकाे न्यू मुम्बईस्थित खारघर क्षेत्रमा रहेको एक मारुती कार सोरुममा भिषण आगलागी हुँदा दुई सुरक्षा गार्डको मृत्यु भएको छ । आगलागीमा १५ भन्दा वढी कार जलेर नष्ट भएका छन् । आगलागी आइतबार विहान ५ बाट सुरु भएको तर अहिले बारुण नियन्त्रक टोलीले आगो नियन्त्रणमा लिइसकेको भारतीय संचार माध्यम भाष्करले जनाएको छ । खारघर सेक्टर १० मा रहेको उक्त सोरुममा धुवाँ देखेपछि स्थानीयले दमकललाई सूचना दिएका थिए । स्थानीय दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

विशेष