News

मन्त्रिपरिषद्को बैठकद्वारा दोस्रो चरणको निर्वाचनकाे मिति तय

मन्त्रिपरिषद्को बैठकद्वारा दोस्रो चरणको निर्वाचनकाे मिति तय
वैशाख – १० । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । निधारित समयभन्दा केही ढिलो गरि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ २ ५ र ७ को स्थानीय तहको निर्वाचन जेठ ३१ गते गर्ने मिति तय गरेको छ । मधेस केन्द्रित दलसँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधनलगायतका विषयमा छलफल गर्न आइतबार बैठक बसेको हो । आइतबार विहान ११ बजे बैठक बस्ने भनिएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटनाका बारेमा छलफल गर्न ओली निवास बालकोट पुगेकाले ढिलो गरी बैठक बसेको थियो । अध्यक्ष ओलीसँग प्रधानमन्त्रीले संशोधन प्रस्ताव परिमार्जनसहित पास गर्ने तथा स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्नेलगायतका बिषयमा छफल गरेका थिए । अध्यक्ष ओली निर्वाचन दुई चरणमा गर्ने विषयमा सकारात्मक देखिएपनि उनले प्रस्ताव हेरेपछि मात्रै प्रतिक्रिया दिने बताएका थिए । सरकारले शनिबार राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालसँग गरेको सहमतिअनुसार चैत्र २९ मा संसदमा दर्ता गराएको ११ बुँदे संशोधन प्रस्तावमा परिमार्जन सहित फास्ट ट्रयाकमा अघि बढाउने तयारी गरेको छ । शनिबारको सत्तारुढ दल र मधेस केन्द्रीत दलबीचको पाँच घण्टा लामो बैठक प्रश्चात् मोर्चाले आफ्नो दुई वर्ष लामो आन्दोलनका सम्पूण कार्यक्रम फिर्ता लिइ चुनावमा जाने सहमति भएकोे थियो ।

मन्त्रिपरिषद्को बैठक

विशेष