रौतहटमा मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

वैशाख – १० । रौतहटमा मिनीट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । ना ५ ख ८६८९ नम्बरको मिनीट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका ९ स्थित डुमरीयाका ७२ वर्षीय मंगल ठाकुरको मृत्यु भएको हो ।
ठाकुरको उपचारका क्रममा चपुर अस्पतलामा मृत्यु भएको इलाका प्रहरी कार्यालय डुमरीयाले जनाएका छ । दुर्घटनामा संलग्न मिनीट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको छ ।
road accident