विदेश

सोमालिया विस्फोटमा आठ सैनिकको मृत्यु

सोमालिया विस्फोटमा आठ सैनिकको मृत्यु
वैशाख - १० । सोमालियाको अर्धस्वशासित राज्य फुन्टल्याण्डमा सडकको छेउमा विछ्याइएको एक बम आइतबार विस्फोट हुँदा कम्तिमा आठ सैनिकको मृत्युभएको यहाँको प्रहरीले जनाएको छ । घटनामा तीन जना सैनिक अधिकारी घाइते भएका बताइएको छ । उक्त क्षेत्रमा इश्लामिकस्टेट (आइएस) समूहको प्रभाव क्षेत्र हो । विस्फोट सेनाको गल्यालातर्फ हिड्ेको गस्ती गाडीहरुलाई लक्षित गरी गराइएको थियो घटनाको समाचार तयार पर्दासमम कुनै समूहले जिम्मेवारी लिएको छैन । यद्यपि उक्त क्षेत्रमा आइएस समूहद्वारा पटक पटक यस्ता विस्फोट गराउने गरेकोले आइतबारको विस्फोटमा पनि सोही समूहको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाइ छ । सोमालियालाई अलकायदा आवद्ध अल सवाव समूहले सुरक्षित आश्रयस्थलका रुपमा प्रयोग गर्दै आएको छ । एपी

विशेष