News

अफगान राष्ट्रपतिलाई राष्ट्रपति र प्रधानमन्त्रीको शोक सन्देश

अफगान राष्ट्रपतिलाई राष्ट्रपति र प्रधानमन्त्रीको शोक सन्देश
वैशाख - १० । नेपालले अफगानिस्तानको बाल्ख प्रान्तमा शुक्रबार भएको आतङ्ककारी हमलामा ठूलो सङ्ख्यामा सैनिक जवानको हताहती र कैयौँ घाइते भएकामा घटनाको कडा निन्दा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अाइतबार अफगान राष्ट्रपति महम्मद असरफ घानीलाई छुट्टाछुट्टै शोक सन्देश पठाउँदै उनी तथा उनीर्फत शोकसन्तप्त परिवार तथा अफगान सरकार र जनतालाई हार्दिक समवेदना प्रकट गरिएको हो । परराष्ट्र मन्त्रालयद्वारा आज जारी वक्तव्यअनुसार सन्देशमा उनीहरुले घाइतेको यथाशीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । राष्ट्रपति तथा प्रधानमन्त्रीले सबै प्रकारका आतङ्कवादको विरोध गर्ने नेपालको धारणा दोहोर्याउनु हुँदै आतंकवादविरुद्ध लड्ने र सो निन्दनीय घटनाका लागि जिम्मेवारलाई न्यायको कठघरामा ल्याउने प्रयासमा नेपालको समर्थन रहने पनि उल्लेख गरेको छ ।

bidhya devi bhandari

विशेष