News

दोस्रो चरणको निर्वाचनमा पुनः विचार गर्न मुस्लिम समुदायको आग्रह

दोस्रो चरणको निर्वाचनमा पुनः विचार गर्न मुस्लिम समुदायको आग्रह
बैशाख १० । दोस्रो चरणको निर्वाचनमा पुन विचार गर्न मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् । दोस्रो चरणको चुनावको समयमा मुस्लिम समुदायको पवित्र महिना रमजान पर्ने भएकाले उनीहरुले पुन विचार गर्न आग्रह गरेका हुन् । यो वर्ष जेठ १२ गतेदेखि असार १० गतेसम्म रमाजान परेको छ । सरकार मधेसी मोर्चाको सहमतिमा दोस्रो चरणको निर्वाचन जेठ ३१ गते तोकिएको छ । सो दिन आफूहरुको पवित्र महिना रमजान पर्ने भएकाले आफूहरु मत दिनबाट वञ्जित हुने मुस्लिम अगुवाहरुको गुनासो छ । रमजानको महिनामा इस्लाम धर्मावलम्वीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन् । हिजरी सम्वतको १२ महिना मध्ये रमजानुल मुबारकु पवित्र र एवादत (उपासना) गर्ने महिनासमेत हो ।

विशेष