News

पत्रकार महासंघकाे मतदान सम्पन्न

पत्रकार महासंघकाे मतदान सम्पन्न
वैशाख १० । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । अाइतबार भएको मतदानमा कुल एक हजार ३ सय ७५ मतदातामध्ये ८७८ मत खसेको छ । मतगणना केही बेरमा महासङ्घको केन्द्रीय कार्यालयमा हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । शाखाको नयाँ नेतृत्वका लागि रामकृष्ण अधिकारी र शान्तराम बिंडारीले फरक–फरक प्यानल बनाएर उम्मेद्वारी दिएको थियो ।

FNJ FNJ Nepal

विशेष