विदेश

जर्ज एच डब्ल्लु बुसलाई भेट्न अस्पताल पुगे जर्ज डब्लु बुस

जर्ज एच डब्ल्लु बुसलाई भेट्न अस्पताल पुगे जर्ज डब्लु बुस
वैशाख १० । अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत रहेका छन् । उनको स्वास्थ स्थितिको जानकारी लिन उनका छोरा, अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुगेका थिए ।  ९२ बर्षिय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पुर्याइएको थियो । उपचारपछि उनलाई निमोनिया भएको पत्ता लागेको थियो । बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताए अनुसार उपचारपछि शारिरीक शिथिलतामा कमी आएको, आराम महसूस भै फूर्ति बढ्नुका साथै उनको स्वास्थस्थितिमा क्रमिक सुधार आइरहेको बताईएको छ । पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उनका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म – दुई पटक गरी आठ बर्ष सम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हालेका थिए ।

विशेष