विदेश

उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ

उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ
बैशाख ११ । उत्तर कोरियाको राजधानी प्योङयाङस्थित विमानस्थलमा अमेरिकीमूलका कोरियाली नागरिक किम स्याङ डुक पक्राउ परेका छन् । चीनमा प्राध्यापन गर्दै आएका उनले प्योङयाङ विश्वविद्यालयमा समेत धेरै समय प्राध्यापन गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी एक महिनादेखि उत्तर कोरियामा राहत कार्यमा सक्रिय थिए । उत्तर कोरियामा पक्राउ पर्ने डुक तेस्रो अमेरिकी नागरिक हुन् । कोरियाली प्रायद्विपमा तनाव बढेका बेला उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ परेका हुन् ।

विशेष