News

मेयर बन्‍न अमेरिकाको पीआर त्याग

मेयर बन्‍न अमेरिकाको पीआर त्याग
वैशाख - ११ । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र 'पीआर' परित्याग गरेका छन् । प्रमुखको आकाङ्क्षी रहेका शेर्पाले एक महिना अघि नै पिआर त्यागेका हुन् । 'पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो', उनले भने, 'तर, विपक्षीले त्यहीँ विषयलाई विरोधको मुद्दा बनाउछन् भनेर मैले पिआर गरेको हुँ ।' छ वर्षअघि पिआर प्राप्त गरेका शेर्पा त्यसपछि अमेरिका आवातजावात गर्दै आएका छन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्ष बनेका शेर्पाको सोलु दूधकुन्ड नगरपालिकाको उम्मेदवारी भने सर्वसम्मत हुनसकेन । आकाङ्क्षी बढी भएका कारण एमाले सोलुखुम्बुले मेयर पदका लागि शेर्पासहित सातजनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । उम्मेदवारका लागि जिल्लाका थुप्रै शिक्षकले पनि राजीनामा दिन थालेका छन् । यस्तै नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य समेत रहेका शिक्षक तारामान राई पनि जागिर छाडेर पार्टी फेर्दै सोताङ गाउँपालिका-२ को वडाध्यक्षमा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका छन्। यस्तै लिखुपिके गाउँपालिका-४ का हिक्मत बस्नेत पनि शिक्षक जागिर छाडेर नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । सोलु दूधकुन्ड नगरपालिका-७ बाट अध्यक्ष पदको उम्मेदवार बन्न शिक्षक लालमान श्रेष्ठले पनि शिक्षकबाट राजीनामा दिएका छन् ।

DV मेयर

विशेष