News

डीआईजी सिलवाललाई थुना मुक्त गर्न सर्वोच्चको आदेश

डीआईजी सिलवाललाई थुना मुक्त गर्न सर्वोच्चको आदेश
वैशाख – ११ । सर्वोच्च अदालतले पक्राउ परेका नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रहरीको टोलीले सोमबार (आज) बिहान सिलवाललाई पक्राउ गरी हिरासतमा राखेको हो । नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । न्यायाधीश सुशीला कार्कीको इजलासले सर्वोच्चका रजिष्टार नृपध्वज निरौंलाको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो । यसअघि छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लिएको थियो । प्रहरीको टोलीले सोमबार बिहान सिलवाललाई पक्राउ गरी हिरासतमा राखेको थियो । उनलाई सरकारी कागजको कीर्ते गरी दुरुपयोग गरेको आरोप लगाइएको छ ।

Nawaraj Silwal

विशेष