१२ केजी तौल र साढे २ फिट उचाइका शिक्षक पौडेललाई दश लाख हस्तान्तरण

बैशाख ११ । अर्घाखाँची ठूलोपोखराका पूर्वशिक्षक कृष्णप्रसाद पौडेलले सरकारको तर्फबाट दश लाख रकम सहयोग स्वरुप पाएका छन् । केही समयअघि विश्वमै कम तौल र उचाई भएका शिक्षकको नाममा गिनिज बुकमा नाम लेखाउने प्रयासमा लागेका शिक्षक पौडेलले सरकारबाट उक्त रकम पाएका हुन् । मंगलबार शिक्षक पौडेललाई माओवादीका नेता टोपबहादुर रायमाझीले उक्त रकम हस्तान्तरण गरेको पूर्व शिक्षक पौडेलका भतिजा दिलिप पौडेलले नेपाल आजलाई बताए । अर्घाखाँची ठूलोपोखराका १२ केजी तौल र साढे २ फिट उचाई भएका पौडेलले करिब ४२ वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्याएका थिए । शारीरिक रुपमा अशक्त उनको प्रधानमन्त्रीसँग भेट भएपछि सहयोग गर्ने आश्वासन मिलेको थियो ।