विदेश

उत्तर कोरियाकाे क्षेप्याश्त्र परीक्षणका विषयमा अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

उत्तर कोरियाकाे क्षेप्याश्त्र परीक्षणका विषयमा अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता
बैशाख - ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच साेमबार बिहान टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा बिश्लेषण गरिएको जनाइएको छ । केही हप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश्त्र परीक्षण गरिरहेको र यसले कोरियाली प्रायद्वीप तथा जापान लगायतका राष्ट्रहरुमा चिन्ता पैदा भएकाले अमेरिकी तथा चिनियाँ राष्ट्रपतिले उक्त वार्तामा यसैलाई मुख्य बिषयबस्तु बनाएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चीनले सदैव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको संकल्प प्रस्तावको सम्मान र कदर गर्ने प्रतिबद्धता ब्यक्त गर्दै राष्ट्रपति जिनपिङ्गले अमेरिकी राष्ट्रपतिलाई आश्वस्त पारेका थिए। कुनै पनि राष्ट्रले सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन वा अनादर गरेमा चीन त्यसको कडा विरोधमा उभिने पनि उनले बताएका छन् । साथै, कोरियाली प्रायद्वीपमा शान्ति स्थापनार्थ चीन जस्तोसुकै सहयोग गर्न तत्पर रहेको पनि राष्ट्रपति जिनपिङ्गले बताएका थिए । त्यस्तै, उत्तर कोरियाको वर्तमान आणविक हातहतियार भण्डारण नष्ट गर्ने तथा उत्तर कोरियालाई निरश्त्रीकरण गर्ने सम्बन्धमा दुबै राष्ट्र मिलेर सहज र शान्तिपूर्ण मार्ग अबलम्बन गर्नु पर्ने पनि राष्ट्रपति जिनपिङ्गले बताएका छन् । दुबै देशको साझा समस्या निराकरण गर्ने दिशामा सहकार्य गर्न चीन अग्रसर रहने र निर्वाह गर्नु पर्ने भूमिका चीनले समय मै पूरा गर्न कुनै कसर बाँकी नराख्ने पनि राष्ट्रपति जिन पिङ्गले बताएकाे सिन्ह्वाले जनाएकाे छ ।

Donald Trump xi-jinping

विशेष