विदेश

भारतको छत्तीसगढमा माओवादीकाे हमला, २४ जवान मारिए

भारतको छत्तीसगढमा माओवादीकाे हमला, २४ जवान मारिए
वैशाख – ११ । भारतको छत्तीसगढको सुकमा जिल्लामा माओवादीको हमालामा परी केन्द्रिय रिजर्व प्रहरी बलका २४ जवान मारिएका छन् । सो घटनामा अन्य घाइतलेलार्इ हेलिकप्टरबाट रायपुर पठाएकाे बीबीसीले बताएको छ । जिल्लाका एसपी अभिषेक मीणाले २४ सैनिक मारिएको पुष्टि गरेका छन् । यस घटनापछि राज्यका मुख्यमन्त्री रमन सिंहले आपतकालिन बैठक बोलाएका छन् । प्रहरीका अनुसार चिंतागुफाको बुर्कापाल क्षेत्रमा नयाँ सडक संचालनको पार्टी चलिरे थियो र त्यसको सुरक्षाका लागि प्रहरीको गस्ति चलिरहेको बेलामा माओवादीले हमला गरेका हुन् ।

विशेष