News

दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक

दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक
वैशाख ११ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सोमबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् । आइतबार मन्त्रिपरिषद्को बैठकले दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकेको थियो । पहिलो चरणको निर्वाचन तीन वटा प्रदेशमा वैशाख ३१ गते हुँदै भने दाेस्राे चरणकाे निर्वाचन ४ वटा प्रदेशमा हुने छ । प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरणमा निर्वाचन हुँदै छ भने १, २, ५ र ७ प्रदेशमा दोस्रो चरणमा निर्वाचन हुने छ । दोस्रो चरणको निर्वाचनको लागि आयोगले उम्मेदवारको मनोनयन दर्ताका लागि जेठ १९ गतेको मिति तोकेको छ । त्यस्तै, आयोगले जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ । आयोगले पहिलो चरणको कार्यतालिकामा केही संशोधन गरेको छ । कार्यतालिकामा वैशाख १६ सम्म उम्मेदवारी दर्ता रहेपनि आयोगले वैशाख १९ गतेसम्म उमेदवारीको समय वढाएको छ । त्यस्तै, निर्वाचन चिन्ह वितरण गर्ने कार्य वैशाख १९ तय भएकोमा अव वैशाख २२ गते हुने गरी कार्यतालिका हेरफेर गरेको छ । आयोगले निर्वाचनका लागि आवश्यक सबै सामग्री प्राप्त गरी सम्बन्धित जिल्लासमेत ढुवानी भइसको बताएको छ ।

निर्वाचन आयोग

विशेष