News

बेनीघाट– घ्याल्चोक– आरुघाट– लार्के–तिब्बत सडक शिलान्यास

बेनीघाट– घ्याल्चोक– आरुघाट– लार्के–तिब्बत सडक शिलान्यास
वैशाख - ११ । बेनीघाट–आरुघाट–लार्के–तिब्बत सडकअन्तर्गत हावाडाँडा–लापुभिर खण्डको लापुभिरमा बम बिस्फोट गरी मार्ग खोल्ने काम साेमबारदेखि औपचारिक रुपमा सुरुआत भएको छ । उक्त कार्य सेनाले सुरुवात गरे सँगै बेनीघाट हुदै घ्याल्चोकदेखि आरुघाट तिब्बतसम्म जोडिने उक्त सडक खण्ड पुरा हुने आशा अघि बढाएको छ । उक्त सडक खण्ड पुरा भए गोरखाको तिब्बत सँग जोडिएको क्षेत्रका बासिन्दा लगायत घ्याल्चोक सम्मका स्थानीय जनता लगायत लाभान्वित हुनेछन् । नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडक प्रधानसेनापति राजेन्द्र क्षत्रीले धार्चे गाउँपालिकाको लापुभिर पुगेर आज शिलान्यास गर्दै सेनाले तोकिएको समय तीन वर्षभित्र मार्ग खुलाउने काम गरिसक्ने बताए । लापुभिरको पहरा फुटाउन नसक्दा जिल्लास्थित एघारकिलो भालुस्वाँरा सडक कार्यालयले पाँच वर्षदेखि सडक निर्माण अघि बढाउन सकेको थिएन । हावाडाँडादेखि लापुभिर, माछाखोला हुँदै लार्के जोड्ने करिब ८३ किमी मार्ग खुलाउने जिम्मा सेनाले पाएको हो । मनास्लु पदमार्ग हुँदै सडक निर्माण सुरु भएपछि पदमार्गको विकल्पमा मान्वु गाउँको बाटो प्रयोग गरिएको छ । बटुवा, पर्यटक र खच्चर सोही बाटो आवतजावत गर्छन् । सो सडक निर्माण हुँदा उत्तरी गोरखाका लापु, उहिया, गुम्दा, काशीगाउँ, केरौंजा, सिर्दिबास, बिही, प्रोक, ल्हो र सामागाउँका बासिन्दाले यातायात सेवा पाउने छन् ।

विशेष