News

सिलवाललाई पक्राउ गरेको हैन्, सोधपुछ गरेको हो ः प्रहरी प्रधान कार्यलय

सिलवाललाई पक्राउ गरेको हैन्, सोधपुछ गरेको हो ः प्रहरी प्रधान कार्यलय
बैशाख १२ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआईजी नवराज सिलवाललाई १० घन्टा नियन्त्रणमा लिएको समाचारबाट आलोचित भएपछि विज्ञप्ति जारी गर्दै मंगलबार प्रस्टिकरण दिएको छ । प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतलमा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन फारमको प्रतिलिपिको स्रोत र वैधानिकताबारे सोधपुछ गर्ने मन्त्रिपरिषद निर्णयअनुसार छानवीन समितिले सोधपुछ गरेको उल्लेख छ । विज्ञप्तिअनुसार ७ गते मन्त्रिपरिषदले डिआईजी सिलवालले अदालतमा पेश गरेको फारमको स्रोत र वैधानिकता खुलाउन अनुसन्धानका गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही प्रयोजनका लागि गठित छानवीन समितिले सिलवाललाई सोधपुछका लागि बिहान ८ बजे पत्र दिएको र सिलवाल आफ्नो कानुन व्यवसायीसँगै अपराध अनुसन्धान विभाग आएको दाबी गरिएको छ । सोधपुछ सकिएपछि दिउँसो ४ः३० बजे उनलाई सकुसल घर पु¥याएको र सर्वोच्च अदालतलाई सोबारेमा मंगलबार जानकारी गराइएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोधपुछपछि घर र्पुयाइएका डिआईजी सिलवालको रक्तचाप बढेपछि बी एन्ड बी अस्पताल भर्ना भएका छन् ।

Nabaraj Silwal

विशेष