News

धुर्मुस-सुन्तलीले ‘मिनि नेपाल’ बनाउने

धुर्मुस-सुन्तलीले ‘मिनि नेपाल’ बनाउने

बैशाख १२ । हास्यकलाकार सिताराम कटेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नयाँ कार्य सुरु गर्ने भएका छन् । सरकारलाई नै चुनौतीदिएर भूकम्प पछि गिरानचौर नमुना वस्ती, एकीकृत नमुना बस्ती र मुसहर बस्ती निर्माण गरेका धुर्मुस सुन्तलीले अब ‘मिनी नेपाल’ बनाउने भएका हुन् । मिनी नेपाल निमार्णको लागि पहिलाभन्दा अलि बढि बजेटको आवश्यक्ता पर्ने हुनाले उनीहरु सरकार र ठूला निकायप्रति आशावादी भएको बताएका छन् । नेपालको हिमाल, पहाड र तराइका भूभागको महत्त्व झल्किने गरी उक्त बस्ती निर्माण हुन लागेको धुर्मुस सुन्तलीले विभिन्न अन्तर्वातामा जानकारी दिँदै आएका छन् । उक्त बस्तीमा छिर्नेवित्तिकै तराई, पहाड र हिमालमा छिरेजस्तो आभाष हुने उनीहरुको भनाई छ । एक बस्तीबाट अर्को बस्तीमा जाँदा सुरुङमार्ग हुँदै जान सकिने धुर्मुसले बताएका छन् । यो धुर्मुस सुन्तलीको चौथो परियोजना हो । ७५ वटै जिल्लाबाट सबैभन्दा गरिब एकएक परिवारलाई छानेर वस्ती निर्माण गर्ने सुन्तलीले एक अन्तर्वातामा बताइन् । उक्त निर्माणको लागि ५ सयदेखि एक हजार रोपनी जग्गा आवश्यक रहने जानकारी पनि उनीहरुले गराए । उक्त बस्तीमा नमुना विद्यालय र अस्पतालको साथसाथै लुम्बिनी र सगरमाथाको नमुनाका साथै तीनवटै क्षेत्रको प्राकृतिक स्वरुप झल्किनेछ ।

Durmush-Suntali धुर्मुस–सुन्तली

विशेष