News

प्रधानमन्त्री प्रचण्डलार्इ मोदीको फोन, निर्वाचनमा सहयोग गर्ने बचन

प्रधानमन्त्री प्रचण्डलार्इ मोदीको फोन, निर्वाचनमा सहयोग गर्ने बचन
वैशाख - १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द मोदीबीच टेलिफोन कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्डलार्इ मोदीले फोन गरेर स्थानीय तहको निर्वाचनमा सबै प्रकारको सहयोग गर्ने बचन दिएका छन् । दिउँसो चार बजेतिर प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच १५ मिनेट कुराकानी भएको हो । टेलिफोनमा मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको भन्दै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएका छन् टेलिफोन बार्तामा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी गराएकाे प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

विशेष