News

समझदारी जुटाउन बालुवाटारमा पाँच दलको बैठक बस्दै

समझदारी जुटाउन बालुवाटारमा पाँच दलको बैठक बस्दै
वैशाख – १२ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनलाई दुई चरणमा गराउने योजनालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । मंगलबारको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पाटी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरु सहभागी छन् । राजनीतिक समझदारी जुटाउन प्रधानमन्त्री प्रचण्डले बैठक डाकेका हुन् । सरकारले वैशाख ३१ गते र जेठ ३१ गते गरे दुई चरणमा स्थानीय निकायको निर्वाचन तोकेको छ । त्यस्तै जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रवाधान पनि रहेको छ । तर, दुई चरणको निर्वाचनमा प्रमुख प्रतिपक्षि दल एमालेले आपत्ती जनाउँदै आएको छ ।

विशेष