News

राष्ट्रिय स्थार्थलार्इ केन्द्रविन्दुमा राख्न परराष्ट्रमन्त्रीकाे निर्देशन

राष्ट्रिय स्थार्थलार्इ केन्द्रविन्दुमा राख्न परराष्ट्रमन्त्रीकाे निर्देशन
वैशाख - १२ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थलाई केन्द्रविन्दुमा राखेर नेपाललाई अन्तर्राष्ट्रियजगत्मा सुपरिचित गराउने काममा प्रभावकारी रुपमा लाग्न विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतलाई निर्देशन दिएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा नवनियुक्त राजदूतसँग आयोजना गरेको तीनदिने अन्तरक्रियामा उनले भने– 'आफू खटिएको देशसँगको द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रीय सङ्गठनमा नेपालको बलियो उपस्थितिका साथै आफ्नो कार्यसम्पादनका क्रममा नेपालको आवश्यकता र प्राथमिकतालाई राजदूतले सदैव ध्यान दिनुपर्दछ।' परराष्ट्रमन्त्री डा महतले देशको इज्जत राखेर हाम्रो आफ्नो चासो र खाँचोको परिपूर्तिका लागि कूटनीतिक माध्यमबाट आफ्नो लक्ष्य र उद्देश्यका साथ परिणाममुखी भएर काम गर्न पनि राजदूतहरुलाई निर्देशन दिए। परराष्ट्र मन्त्रालयले परिणाममुखी कार्यका लागि हालै मात्र वार्षिक कार्यतालिका पारित गरेकाले आफू खटिएको नियोगमा गर्नुपर्ने र गर्नसक्ने कार्य, त्यसको लक्ष्य, उद्देश्य परिणामका लागि आवश्यक स्रोत र समयावधिसहितको तालिका बनाई आवधिकरुपमा प्रगति विवरण मन्त्रालयमा पठाउन पनि उनले निर्देशन दिए। परराष्ट्रमन्त्री डा महतले नेपालीहरुका लागि ठूलो सङ्ख्यामा श्रम बजार रहेको मध्यपूर्व एसियाली राष्ट्रमा खटिने राजदूतले लाखौँको सङ्ख्यामा रहेका नेपालीको समस्या र गुनासोको सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै नेपाली श्रमिककोे हकहितका लागि विशेष ध्यान दिएर काम गर्न आग्रह गरे। उनले भने, 'जसको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ, उनीहरुको अधिकार, सुविधा र सुरक्षाका लागि काम गर्नु हाम्रो प्रमुख कर्तव्य हो ।' परराष्ट्रमन्त्री डा महतले आर्थिक कूटनीतिको माध्यमबाट नेपालमा लगानी भित्र्याउन र नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न पनि राजदूतको अहम् भूमिका भएकाले आर्थिक कूटनीतिको प्रवद्र्धन र विस्तारलाई पनि आफ्नो प्रमुख एजेन्डाका रुपमा राख्न निर्देशन दिए। नवनियुक्त राजदूतसँग आर्थिक कूटनीति, श्रम, पर्यटन प्रवद्र्धन, विकास सहायता, नेपालको परराष्ट्र नीति र राजदूतको भूमिका लगायतका विभिन्न विषयमा आजदेखि तीन दिनसम्म उक्त प्रतिष्ठानद्वारा अन्तरक्रिया राखिएको छ ।

Dr Prakash Saran Mahat परराष्ट्रमन्त्री

विशेष