News

अचानक राष्ट्रपति पुगिन् दलबलसहित भक्तपुर र ललितपुर दरबार स्क्वायर

अचानक राष्ट्रपति पुगिन् दलबलसहित भक्तपुर र ललितपुर दरबार स्क्वायर
वैशाख १२– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो अचानक भक्तपुर र ललितपुर दरबार स्क्वायरमा दलबलसहित पुगिन् । भक्तपुर तथा ललितपुर दरबार स्क्वायरमा भूकम्पले जिर्ण सम्पदा अवलोकन गर्न पुगिन् । कालो चश्मा लगाएर दरबार परिसर पुगेकी भण्डारीले दुई वर्षदेखि टेकोले अड्याएर सम्पदा हेरेर दंग परिन् । दुई वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर आएको विनाशकारी भूकम्पले नौ हजार बढी नागरिकको ज्यान गएको थियो भने लाखौं निजी घर तथा हजारौं सम्पदाहरु ध्वस्त भएका थिए । भूकम्पले भत्काएका सम्पदाको पुनःनिर्माणका लागि सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरेको थियो । तर पुनःनिर्माणको कामले तीब्रता पाउन नसक्दा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरु अहिले पनि टेकोमा अडिएका छन् । राष्ट्रपति भण्डारीज्यूले मंगलबार भक्तपुर दरवार स्क्वायर र ललितपुर दरवार स्क्वायरको अवलोकन गरी भुकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको हालसम्म भएका पुननिर्माणको अवस्थाबारे जानकारी लिएकी लिइन् । पुनःनिर्माणको क्रममा नेपालको मौलिकता कायम राख्न स्थानीय स्रोत, साधन र सीपको प्रयोग गर्न उनले सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराइन् । सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण एवम् पुरातत्व विभागका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष