विदेश

निर्दयी बाबु, फेसबुकमा लाइभ गरेर गरे छोरीको हत्या

निर्दयी बाबु, फेसबुकमा लाइभ गरेर गरे छोरीको हत्या
वैशाख १३ । थाइल्याण्डका एक व्यक्तिले फेसबुक लाइभ गरेर छोरीको हत्या गरेका छन् । २१ वर्षका ती व्यक्तिले फेसबुकमा भिडियो लाइभ गरेर आफ्नी शिशु छोरीलाई झुण्ड्याएका हुन् । त्यसपछि उनले आत्महत्या गरेका थिए । श्रीमतीसँगको सामान्य झगडामा ती व्यक्तिले छोरीको हत्या गरेको बिबिसीले जनाएको छ । फुकेटमा रहेको डेजर्ट होटलमा घटना भएको हो । फेसबुकले पीडित परिवारलाई समवेदना पठाएर भिडियो सामग्री फेसबुकबाट हटाइएको जनाएको छ । पछिल्लो समय फेसबुकमा लाइभ गरेर हत्या तथा आत्महत्या गर्ने क्रम बढेको छ । फेसबुकमाथि यस्तो कुरा नियन्त्रण गर्न दबाब बढ्दै गएको छ ।

विशेष