विदेश

युक्रेनले चीनका सम्पूर्ण क्षेत्रमा सहकार्य गर्ने

युक्रेनले चीनका सम्पूर्ण क्षेत्रमा सहकार्य गर्ने

वैशाख - १३ । युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफूले चीनसँग सम्पूर्ण क्षेत्रमा सहकार्य गर्न चाहेको बुधबार बताएका छन् । ‘हामी किभ र बेइजिङबीच सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत पार्न इच्छुक छौँ’, राष्ट्रपति पोरोसेन्कोले आफ्नो फेसबुक पेजमा लेखेका छन् । चीन-युक्रेनी सांस्कृतिक आदान प्रदान कार्यक्रमका अवसरमा यूक्रेन चीनसँगको सम्वन्धलाई थप मजवुत पार्न आफू चीनसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् । उनले ‘वन वेल्ट वन रोड’का सम्बन्धमा छलफल हुने कार्यक्रममा आफ्नी धर्मपत्नी सहभागी हुन लागेको जनाए । पूर्वीय र पश्चिमा मुलुकबीच सांस्कृतिक सम्बन्धका विषयमा छलफल हुनु आवश्यक रहेको बताए । पोरोसेन्कोले ‘वन वेल्ट वन रोड’ विश्वको दिगो विकास, लक्ष्य तथा शान्ति र स्वतन्त्रताका लागि आवश्यक भएको बताएका छन् । युक्रेनी सांस्कृतिक आदान प्रदान कार्यक्रम सोमबार सुरु भएको छ भने ‘वन वेल्ट वन रोड’का लागि बेइजिङ सम्मेलन यही मे महिनाको मध्यतिर हुने कार्यक्रम छ । सिन्ह्वा

विशेष