News

पटेलनगरमा भिषण आगलागी, ५० लाखकाे क्षति

पटेलनगरमा भिषण आगलागी, ५० लाखकाे क्षति
वैशाख - १३ । विरगञ्ज उपमहानगरपालिका वडा नं २३ को पटेलनगरमा भिषण आगलागी भएको छ । पटेलगनरको गाछी टोलमा लागेको आगोका कारण २५ घर जलेर नष्ट भएका छन् । स्थानीय नरेश पटेलको घरबाट आगो सुरु भएको हो । मध्यान्न १२ बजे तिर शुरु भएको आगलागीबाट ५० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको बताइएको छ । आगलागी वीरगन्ज उपमहानगरपालिका कार्यालय, कलैया उपमहानगरपालिका कार्यालय, नेपाल आयल निगम अमलेखगन्ज डिपो र चन्द्रपुर नगरपालिकाको गरी चार वटा वारुण यन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले मिलेर चार घण्टा पछि नियन्त्रणमा लिएका थिए ।

Fire

विशेष