News

राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक अर्याल पद मुक्त

राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक अर्याल पद मुक्त
वैशाख – १३ । सरकारले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्याललाई बर्खास्त गरेको छ । कक्षा १२ को परीक्षाको प्रश्नपत्र थोरै छापेको भन्दै शिक्षा मन्त्रालयले अर्याललाई जिम्मेवारीबाट मुक्त गर्दै उनमाथि छानबिन गर्ने निर्णय गरेको हो । मन्त्रालयले सहसचिव हरि लम्सालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । अर्याललाई बर्खास्त गरेपछि शिक्षा मन्त्रालयले परीक्षा बोर्डका सदस्यसचिव डिल्ली रिमाललाई कार्यवाहक परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

विशेष