News

शुल्क वृद्धिविरूद सयभन्दा बढी निजी विद्यालयमा तालाबन्दी

शुल्क वृद्धिविरूद सयभन्दा बढी निजी विद्यालयमा तालाबन्दी
वैशाख - १३ । संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी रुपमा चर्को शुल्क लिएको भन्दै उपत्यकाका सयभन्दा बढी निजी विद्यालयमा आज तालाबन्दी गरेका छन् । तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायत विद्यार्थी सङगठनले काठमाडौँका सय भन्दा बढी विद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गरेको अनेरास्ववियुका महासचिव ऐन महरले बताए ।उनले विद्यालयले तोकेकोभन्दा बढी शुल्क लिएको र बढी लिएको शुल्क फिर्ता नगरेकोले तालाबन्दी गरिएको बताए । उनीहरुले पाठशाला स्कुल नयाँ बानेश्वर, चेल्सी स्कुल नयाँ बानेश्वर, काठमाडौँ विद्या कुञ्ज काठमाडौँ, तक्षशिला एकडमी काठमाडौँ, ड्याफोडेल जोरपाटी, रातो बङ्गला ललितपुर, जेम्स स्कुल ललितपुर, युलेन्स स्कुल सातदोवाटो ललितपुर, नाइटिङ्गेल कुपण्डोललगायत सयभन्दा बढी स्कुलको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । यसैगरी काठमाडौँस्थित त्रिनेट्री रेडियन्ट, भीएस निकेटन, काव्य, अक्सिडेल्टल, ललितपुरको लिटिल एन्जेन्स, रिलायन्स स्कुललगायतमा समेत तालाबन्दी गरिएको छ । महासचिव महरले विद्यालयमा पठनपाठनमा कुनै अवरोध नहुने गरी तालाबन्दी गरिएको बताए । निजी तथा संस्थागत विद्यालय सङ्गठन (प्याव्सन)का महासचिव राजेन्द्र बानियाँले मापदण्डअनुसार शुल्क दिने विद्यालयमा पनि अचानक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको बताए । ‘हामी वार्ता र संवादबाट समाधान निकाल्ने प्रयासमा थियौ’ उने भने– ‘तर आज एक्कासी आएर कम शुल्क लिने विद्यालयमा पनि तालाबन्दी गरियो ।’ विद्यार्थी सङ्गठन मङ्गलबारबाट वृद्धि शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिररहेका छन् । मङ्गलबार उनीहरुले वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको भन्दै देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ गरेका थिए ।

विशेष