रूकुम र नवलपरासीको सिमांकनमा हेरफेर गर्ने मन्त्रिपरिषद्काे निर्णय
वैशाख - १३ । मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने निर्णय भएको छ ।
त्यसैगरी बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । त्यस्तै, बैठकले नवलपरासीको त्रिवेणी गाविसका ६ र ७ लाई विनयी गाविसमा मिलाउने निर्णय गरेको छ । त्यसलाई ४ नं प्रदेशमा राख्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्