News

स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता

स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता
वैशाख – १३ । सरकारले स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिने भएको छ । सत्तापक्ष र प्रमुख विपक्षी दलबीच नयाँ बानेश्वरमा भएको छलफलपछि स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता लिएको हो । निर्वाचन घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन जिल्लामा पत्राचार गरेको भन्दै बुधबार बिहान बसेको संसद बैठक प्रमुख विपक्षी एमालेले अबरोध गरेको थियो । दलहरुबीच स्थानीय विकास मन्त्रालयले पठाएको पत्र फिर्ता लिंदै समस्या समाधानका लागि पुनः दलहरुबीच सहमति गर्ने निर्णय भएको छ ।

विशेष